Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

उत्तरविहिन प्रश्नहरू !

केही प्रश्न र सोच उत्तरविहिन रहन्छन्,
सोच जायज छन्, तर प्रश्न होइन—
बस्, उत्तरविहिन छन्।

भूतले देखाएको छायाँमा तर्सिनु किन?
भविष्य अज्ञात छ, त्यसलाई कोतर्नु किन?
राम्रो नहुनुमा किन टोक्नु आफैलाई दोष दिएर?
हर एक पल पाठ हो, सिकेर अघि बढ्नु पर्छ फेरि आँट दिएर।

भावना अनि सोच क्षणिक हुन्, याद राख,
खुसीलाई वसन्तझैँ छर्नु पालुवा दिएर।
तिमी मुस्कुराई बस्नु आवरणमा हैन,
खोक्रो तनलाई मनभरिका खुसी दिएर।
सबैलाई खुसी बनाउन अनिवार्य छ र?
पहिला तिमी खुसी हौ संसार भुलेर।

अन्धकारमा पनि आशाका जूनहरू टल्कन्छन्,
टुटेका सपनाहरू पुनः विउँझन्छन्।
हराएको मन, भुलेका सपना,
नयाँ बिहानीसँगै फेरि जुरिन्छन् फेरि भेटिन्छन् ।

जीवन भनेको निरन्तर बहने नदी हो,
रोकिने होइन, बग्ने छ, जता बाटो खोल्छ, त्यतै हो।
त्यसैले, उत्तरविहिन प्रश्नहरूमा अल्झिनु छैन,
नयाँ उज्यालो खोज्दै अगाडि बढ्नु छ।
अस्ताउँदो घामपछि बिहानी आउँछ,
अन्धकारपछि नै नयाँ प्रकाश फिँजिन्छ।
याद राख्नु तिमी उत्तरबिहिन प्रश्नलाई ।

-राेहित खड्का

TOP