Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

धनराज र सम्झनाको आवाजमा लोक दोहोरि गीत ‘सिर सिरे हावा’ सार्वजनिक

गायक धनराज चुनारा र गायिका सम्झना शाहको आवाजमा रहेको लोक दोहोरि गित ‘सिर सिरे हावा’ सार्वजनिक भएको छ । रुद्र जिएमको शब्द तथा संगीत रहेको गीतमा मिक्स मास्टरिङ भने कुमार सानु पुनको रहेको छ । गीतको भिडियोमा दिनेश थापा र अन्जु अधिकारीको सुन्दर अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन भने अष्ट्रेलियामा गरिएको हो । सुन्दर दृष्य सहितको गीतको भिडियोको निर्देशन भने दिपक थापाले गरेका हुन् ।

भिडियोको स्टोरी गम बहादुर न्यौपानेले गरेका हुन् भने सम्पादन अमृत चापागाँइले गरेका छन् । गीतमा माया प्रेमका भाका बुनिएको छ । प्रेम गर्ने जोडिहरुलाई लक्षित गरेर बनाईएको गीतको भिडियो पनि प्रेमिल बनेको छ । उक्त गीत नेप्को इन्टरटेन्टमेन्ट मार्फत शनिबार सार्वजनिक गरिएको हो ।

TOP