Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

कतारमा अवैध रुपमा बसेका नेपालीलाई खुसिको कुरा !

कतारमा अवैध रुपमा बसेका नेपालीहरुलाई खुसिको कुरा । अमेरिकाले धमाधम अवैध नागरिकलाई धमाधम देश निकाला गरिरहेका बेला कतारले भने अवैध विदेशी नागरिकलाई आममाफि दिने घोषणा गरेको छ । सन् २०२२ को विश्वकप आयोजनाको जिम्मा पाएको कतारले नेपाल सहित विभिन्न देशबाट गैरकानुनी रुपमा कामदार लिएको थियो । अन्तर्राष्ट्रिय मानवधिकारवादी संघ संस्था र विभिन्न देशको दबावका कारण कतारले अहिले अवैधानिक भएर बसेका विदेशी नागरिकलाई आफ्नो देश फर्कन माफी दिने घोषणा गरेको हो ।

आजदेखि तीन महिनासम्मका लागि उक्त व्यवस्था लागू गरिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । एक सार्वजनिक घोषणा गर्दै फेब्रुअरी ९ देखि लागु हुने आममाफी ३ महिनासम्म रहने जनाएको हो । कतारी आइडीको म्याद सकिएर लामो समयसम्म नवीकरण नगरेका, कम्पनी छोडेर भागेर लुकीछिपी काम गरिरहेका तथा भिसाको नियम पालना नगरेकाहरूलाई आफ्नो देश फर्कन आग्रह गर्दै आममाफी दिने जनाएको हो ।

३ महिनाको अवधिमा अवैध नागरिकहरुले बिना जरिवाना तथा बिना जेल सजाय घर फर्कन पाउनेछन् । सरकारले उपलब्ध गराएको यो सुविधा लिन चाहने व्यक्तिहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सल्वा रोडमा रहेको सर्च एन्ड फिलो अप डिपार्टमेन्टमा दिउँसो १ बजेदेखि बेलुका ९ बजे भित्र गएर निवेदन दिनुपर्नेछ ।  यो आममाफीबाट गैरकानुनी हैसियतमा रहेका धेरै नेपालीहरू लाभान्वित हुने जनाइएको छ। कतारले सन् २००९ मा लागू गरेको आप्रवासी कामदर समबन्धी कानुन नम्बर ४ अनुसारका कामदारलाई आममाफी दिनेछ । तर, आममाफी सुविधा लिएर स्वदेश फर्किने कामदार २ वर्षसम्म फेरि कतारमा जान पाउने छैनन् । कतार सरकारले यसअघि सन् २००४ मा आममाफी प्रक्रिया चलाएको थियो ।

TOP