Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

टेक्सासको हट्टो सहरमा ‘नेपाल डे’ परेड हुँदै

अमेरिकोको टेक्ससमा ‘नेपाल डे’ परेड भव्य रूपमा आयोजना हुने भएको छ । नेपाली कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले फेब्रुअरी १६, २०२५ आइतबार टेक्ससको हट्टो सहरमा ‘नेपाल डे’ हुन लागेको हो । नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ऐतिहासिक घटनालाई सम्झदै उक्त कार्यक्रम आयोजना गरिएको हो। ग्रेटर अस्टिन नेपाली सोसाइटीको संयोजनमा ग्रेटर अस्टिन नेपाली सोसाइटी, नेपलिज सोसाइटी टेक्सस, नेपलिज एसोसिएसन ह्युस्टन, स्यान एन्टोनियो नेपलिज एसोसिएसन, र नेपलिज सोसाइटी अफ लबकले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन्। यस कार्यक्रममा नेपाली समुदायको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।

ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष विदुर खतिवडाका अनुसार, यस परेडको मुख्य उद्देश्य नेपाली संस्कृति, परम्परा, भेषभूषा र नेपाली पहिचानलाई अमेरिकी समुदायमा प्रदर्शन गर्नु हो । कार्यक्रममा परम्परागत नेपाली पोशाकमा सजिएर विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने जनाइएको छ। परेड हट्टो सहरको सिटी हल नजिक दिउँसो २ः ३० बजे सुरु भई ४ः ०० बजे समाप्त हुनेछ। परेड समाप्त भएपछि ग्रेटर अस्टिन नेपाली सोसाइटीको आफ्नै हलमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएका छन् ।

TOP