Trending

सल्यान महोत्सवमा आगलागि, ८० स्टल जलेर नस्ट, करोडौँको क्षति

सल्यान महोत्सव स्थलमा आगलागि हुदाँ ८० स्टलहरु जलेर नस्ट भएका छन् । दश दिन अधि सल्यानको श्रीनगरमा सुरु भएको दोश्रो वृहत् सल्यान महोत्सवमा आगलागी भएको हो ।
शनिबार राति अन्दाजी ११ बजे आगलागी हुँदा ८० स्टल जलेर ध्वस्त भएका छन् । आगलागीबाट करोडौंको क्षति भएको आयोजकले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटेका थिए । अहिले भने आगो नियन्त्रणमा लिई सकिएको नेपाल पत्रकार महासंघ सल्यानका पूर्वअध्यक्ष प्रतिक शर्माले जानकारी दिए ।

TOP