माधव नेपाल भन्छन् – दुनियाँलाई ठग्न ओली प्रधानमन्त्री भएका हुन्

प्रधानमन्त्री ओलीलाई एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गम्भिर आरोप लगाएका छन् । उनले ओलीलाई दुनियाँलाई ठग्न प्रधानमन्त्री भएको बताएका हुन् ।
शनिवार काठमाडौँमा भएको पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेपालले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको विरोध समेट गरेका छन् । त्यस्तै उनले ओलीलाई दुई कम्युनिस्ट पार्टीहरू मिलेर बनाएको सरकार ढालेर कांग्रेससँग मिलेर सरकार बनाएको आरोप समेत लगाए । प्रधानमन्त्री पद चाहिएको भए आफू र माओवादी केन्द्रका अध्यक्षसँग बार्गेनिङ गरेको भए सहजै स्विकार गर्ने स्थिति रहेको उल्लेख गरे ।
अध्यक्ष नेपालले ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको गम्भिर आरोप समेत लगाएका छन् । उनले भने ‘ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित उनको आरोप थियो ।’
उनले नेपालमा दुई वटा ठुला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरू तयार रहेको बताएका छन् । संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई नेपालले चेतावनी समेत दिएका छन्।