दुखी गरिबलाई नभेट्ने प्रधानमन्त्री ओली टिकटकरलाई किन भेटे ?

प्रधानमन्त्री केपी शर्मा ओलि यतिसम्म सस्ता छन् कि उनि टिकटकमा ट्याप ट्याट गरेर सस्तो लोकप्रियता कमाएका टिकटकरहरुलाई भेटेर बसिरहेको छन् । हुनत प्रधानमन्त्री ओलीलाई पनि सामाजिक सञ्जालमा लोकप्रिय हुने भुत चढेको छ । तर सस्तो लोकप्रियताका लागि एजेन्डा विहिन टिकटरहरुलाई भेट्ने प्रधानमन्त्री ओली दुखि गरिब र पिडितहरुलाई भने भेट्दैनन् । उनलाई भेट्नका लागि अन्यायमा परेका नागरिकहरुले अनसन, आन्दोलन र धर्ना दिदाँ समेत उनको छायाँ देख्न पाउदैनन् । केहि दिन अघि धरानमा पनिको समस्या लिएर राजधानि आएका मेयर हर्क साम्पाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्न अस्वीकार गरेका थिए। प्रधानमन्त्री ओली लाई पिडितले आफ्नो आवाज राख्न खोज्दा निकै दुख गर्नु पर्छ तर यी टिकटकरहरु जो टिकटकमा दिनरात लाईभ बसि ट्याप ट्याप गर्छन उनिहरुलाई प्रधानमन्त्री आफैले भेट्न बोलाएका छन् । टिकटकरहरु मिस पवि र अंशु वर्माले विहिबार बेलुका प्रधानमन्त्रीलाई भेटि नेपाल सरकारले टिकटक पुनः सञ्चालनमा ल्याएकोमा धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरि उनीहरुले सरकारले टिकटक पुनः सञ्चालन गरिदिएकाले निर्वाध प्रयोग गरी लाभ लिन सकिएको बताएका छन् । साथै भविष्यमा अघिल्लो सरकारले जस्तै यसलाई बन्द गर्ने खालको कुनै निर्णय नगरी व्यवस्थितरूपमा सञ्चालन गर्न उनीहरुले सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेका हरेक क्रियाकलाप को जानकारी सामाजिक सञ्जालमा राख्ने गर्छन् । ओलीले आफ्नो फेसबुकमार्फत टिकटकर मिस पवि र अंशु वर्मा आफूलाई भेट्न आएको समेत बताएका छन् । उनले पवि र अंशुसँगको फोटो सामाजिक सञ्जालमा राख्दै अघिल्लो सरकारले टिकटक बन्द गरेको प्रसंग उल्लेख गरेका छन् । पछिल्नो समय सामाजिक सञ्जाल हरुमा चर्चित मनिएको टिकटकमा लोकप्रिय हुनका लागि पनि प्रधानमन्त्री ओलीले टिकटकमा सस्तो लोकप्रियता कमाएका व्यक्ति छानेका हुन् ।