देशको नेतृत्व हाक्न सक्ने व्यक्ति होस त ट्रम जस्तो !

देशको नेतृत्व हाक्न सक्ने व्यक्ति होस त ट्रम जस्तो । यदि अमेरिका राष्ट्रपति डोलाल्ड ट्रम्प जस्तो शाहसी व्यक्ति हाम्रो देशमा भइदिएको भए यति बेला नेपालको छुट्टै पहिचान हुने थियो । अहिले कालापानि, लिम्पियाधुरा, लिपुलेख जतिपनि भारत र चिनको अधिनमा छन् ति सबै नेपालको नक्सामा समावेस हुने थिए । तर तपाई सम्झनुहोस त । कसरी भारतले नेपालको भुमि खुलेयाम मिचेको छ । तर नेपालका नेताहरु चुइक्क बोल्न सकेका छैनन् । किनभने भारतको विरुद्धमा बोले रातारात सरकार ढल्ने डर छ यीनीहरुलाई । प्रधानमन्त्रीको कुर्चीमा नेपालका नेताहरु बसेपनि देशको चावि भने बाहिरी राष्ट्रले चलाइरहेका छन् । यदी ट्रम्पको जस्तो शाहस भएको भए यस्तो अवस्था आउने थिएन । अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्वको गाजापट्टीलाई आफ्नो स्वामित्वमा लिएर त्यसलाई पर्यटकीय शहर बनाउने नयाँ प्रस्ताव अघि सारेका छन् ।
उनले इजिप्ट र जोर्डनसँग सम्झौता गरेर गाजाबाट विस्थापित भएका प्यालेस्टिनीलाई पुनर्स्थापना गर्ने योजना अघि सारेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटमा उनले उक्त प्रस्ताव राखेका हुन् । डोनाल्ड ट्रम्पले गाजा नियन्त्रण गर्न सक्ने अमेरिकी प्रस्ताव राखेर ‘विश्वको’ ध्यान पुनः एकपटक आफ्नो तर्फ तानेका छन्। हमासले ७ अक्टोबर, २०२३ मा इजरायलमा आक्रमण गरेपछि त्यसको प्रतिकारमा इजरायली बमबारीका कारण पूर्ण रूपमा ध्वस्त भएको गाजालाई पुनर्निर्माण गर्न कसैले ठोस योजना अघि नसारेपछि आफूले यस्तो प्रस्ताव गरेको ट्रम्पको तर्क छ । राष्ट्रपति ट्रम्पले सत्तामा आएयता एकपछि अर्को परिवर्तनकारी कानुन हरु बनाइरहेका छन् । उनले अमेरिकामा अवैध बसेका १५ लाख आप्रवासीहरुलाई देश निकाला गरेका छन् । ट्रम्पका यस्ता शाहसिक कदमको अहिले विश्वभर चर्चा भइरहेको छ । आफ्नो देशको विकासका लागि कसैसँग नडराउने ट्रम्पबाट हाम्रा देशमा नेताहरुले पनि सिक्न जरुरी छ ।