Trending

विद्यार्थी नेताहरुले कुटे डिउटीमा खटिएका प्रहरी

विद्यार्थी संगठन अनेरास्ववियुका नेताले गए राति ड्युटीमा खटिएका प्रहरीमाथि सांघातिक हमला गर्दा गम्भिरि घाइते भएका छन् । डिउटीमा खटिएका प्रहरीहरुमाथि गएराति १२ बजे प्रहरी वृत्त दरबारमार्गमा आक्रमण भएको हो । उनीहरूलाई एमाले निकट अनेरास्ववियुका नेताहरूले आक्रमण गरेको दरबारमार्ग प्रहरी स्रोतले जनाएको छ ।

विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको प्रहरी जनाएको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । क्युआर टोलीले प्रयोग गर्ने मोटरसाइकल र हेलमेट पूर्ण रूपमा क्षति भएको छ । ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

आक्रमणमा संलग्न अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियु सभापति कमल जोशी र सोही क्याम्पसका प्राक उपाध्यक्ष दिनेश सिग्देलसहितको टोली हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

TOP