Trending

रवि लामिछानेको आजको थुनछेक बहस सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजको थुनछेक बहस सुरु भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको मुद्धामा लामिछानेको आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको हो। बहस गर्नका लागि विभिन्न तिन जिल्ला बाट सरकारी वकिलहरुलाई चितवन जिल्ला अदालत बोलाइएको छ ।

रविविरुद्ध संगठित अपराधमा मुद्दा नचलाइएपछि सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई महान्यायाधिवक्ताको कार्यालयमा तानेर उच्च अदालत सरकारी वकिलको कार्यालय बुटवलका रवि न्यौपानेलाई मंगलबारमात्रै चितवनको न्यायाधिवक्ता बनाएर पठाइएको थियो। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार सुरु भएको थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरु बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गरेका थिए।

बुधबार बहस जारी भएपछि लामिछानेलाई न्यायिक हिरासतका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो। न्यायाधीश दयाराम ढकालको इलाजासमा थुनछेक बहस जारी छ।

विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले मङ्गलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो। व्यक्तिबाहेक छ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ।

TOP