लगातारको हारले कतै पुजाकोे आत्मबल घट्ने त होईन ?

महिला क्रिकेटलाई माथि उठाउन आफ्नो तर्फबाट हर कोशिस गरिरहेकि पुजा महतो फेरि आज पनि निराश बनेकि छन् । पटक पटक हार बेहोरिरहेको महिला क्रिकेट टोलीले फेरि आज पनि चक्मा खाएको छ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले लगातार पाँचौँ हार बेहोरेको छ । बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको नेपाल पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो। जसमा पूजा महतोले नटआउट रहँदै ६२ रन बनाएर उत्कृष्ट प्रदर्शन गरिन्। कप्तान इन्दु वर्माले ३९ रन र रुविना क्षेत्रले २० रन जोडेर टिमलाई मध्यम लक्ष्य तय गर्न सहयोग गरे। तर, यो लक्ष्य नेदरल्याण्ड्सका ब्याटरहरूका लागि पर्याप्त साबित भएन। नेदरल्याण्ड्सले नेपालको लक्ष्य १९.४ ओभरमा बिना कुनै विकेट गुमाउँदै पछ्यायो। यो सँगै नेपालले लगातार पाचौँ हारको सामना गर्नु पर्यो । नेदरल्याण्ड्सले ५ खेलमध्ये ३ जित र २ हारसहित ६ अंक बटुलेको छ भने थाइल्याण्डले चारै खेल जित्दै ८ अंकसहित शीर्ष स्थानमा छ। नेपालले अहिलेसम्म ५ खेल खेलेर ५ हार बेहोरेको छ।
यो सँगै नेपाली टोलीलाई जिताउन अहम भूमिका खेलिरहेकि पुजा निराश बनेकी छन् । पुजा महतोकै कारण महिला क्रिकेटको क्रेज बढ्दै गईरहेको छ । तर, पुजाले उत्कृष्ट प्रदर्शन गर्दा पनि अरु खेलाडी नचलेपछि नेपाली टोलीले पटक पटक हार बेहोरिरहेको छ । जसले गर्दा कतै पुजाको आत्मबल घट्ने त होईन भन्ने प्रश्न पनि उठिरहेका छन् ।