Trending

रवि लामिछानेलाई फेरि हिरासतमा राख्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई चितवन जिल्ला अदालतले फेरि हिरासतमा राख्न आदेश दिएको छ । आज थुनछेक बहस नसकिएकोमा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई हिरासतमा पठाइएको सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।

यससँगै आजलाई बहस सकिएको र बाँकी भोलि हुनेछ। तर, रविलाई न्यायिक हिरासतमा पठाउने कि परिवारको जिम्मा लगाउने भन्ने आदेश हुन बाँकी छ।  सहारा चितवन सहकारीमा अभियोग दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा हाजिर भएका थिए। जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सकिएपछि आजै थुनछेक बहस सुरु भएको हो। 

TOP