रविको चितवन जिल्ला अदालतमा बयानपछि थुनछेक बहस हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज चितवन जिल्ला अदालतमा थनछेकको बहस हुँदैछ । न्यायाधीश दयाराम ढकालको इजलासमा रविको मुद्धाको बयानपछि थुनछेक बहस हुने जनाइएको छ ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा मंगलबार मुद्दा दर्ता भएपछि लामिछाने हिजो रातिनै चितवन पुगेका थिए । आज उनी १० बजेनै अदालत उपस्थित भएका छन् ।
साहाराको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री लामिछाने र तत्कालिन गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीसहित १५ जना पुरक सहित मुद्दा दर्ता भएको जिल्ला अदालत चितवनका सूचना अधिकृत अमृत विश्वकर्माले जानकारी दिए।
सहकारीको रकम अपचलन मुद्दामा लामिछाने कास्की ,रुपन्देही र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका छन्। कास्कीमा ६५ लाख ,काठमाडौंबाट ६० लाख र रुपन्देहीबाट १ करोड धरौटी बुझाएर उनी रिहा भएका हुन्।