Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

चलिचित्र ‘डोरी’को मैलिक गीत ‘चुच्चे ढुङ्गो उहि टुङ्गो’मा अञ्जाना र आर्यनको ठुम्का

दिनेश भट्टराईको निमार्णमा बनेको चलचित्र डोरीको पहिलो गीत ‘चुच्चे ढुङ्गो उहि टुङ्गो’ सर्वजनिक भएको छ । आगामी चैत्र १५ गते प्रर्दशन हुने चलचित्र डोरीको टिम यतिबेला प्रमोसनको दौरानमा छ । चलचित्रको पहिलो कोसेली स्वरुप निर्माण टिमले निकै मिठो मैलिक शैलिको गीत सार्वजनिक गरेको हो । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीतको शब्द तथा सङ्गीत पनि राजनराज कै छ । गीतमा आर्यन सिग्देल र अञ्जना बराइलीको आकर्षक नृत्य देख्न सकिन्छ भने बिचबिचमा अरुण लामा, राज पौडेल, नुतन र राज थापाको इन्ट्रिले रोचकता प्रदान गरेको छ । 

सङ्गीत संयोजन राजन ईशानले गरेका छन् भने सहायक स्वर सुनी थापाले दिएकी छिन् । यसको छायाङ्कन निर्देशक सौरभ लामा हुन् भने नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । गायक, गीतकार तथा सङ्गीतकार राजनराज सिवाकोटी नेपाली समाजमा प्रचलित ठेट शब्दहरूलाई गीतमा लयबद्ध गर्न माहिर मानिन्छन् । यस गीतमा पनि उनले उसिनेको आलु, नुन खुर्सानी, गुन्द्रुक, ढिँडो, घट्ट, मुरी अन्न, डोको जस्ता ठेट नेपाली शब्दहरूको प्रयोग गरेका छन्, जसले गीतलाई नेपाली मौलिकताको झल्को दिएको छ ।

यसअघि ‘डोरी’का पोस्टरहरू सार्वजनिक गरिएको थियो, जसले दर्शकमाझ उत्सुकता जगाएको छ । ‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । फिल्ममा आर्यन र अञ्जनाको अलवा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।

TOP