नेपाली महिला टोलीकी कप्तान पुजा महतोलाई महत्वपुर्ण सफलता

नेपाली महिला क्रिकेटकी कप्तान पुजा महतोले आज महत्वपुर्ण सफलता हात पारेकि छिन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सार्वजनिक गरेको टिम अफ दि टुनामेन्टमा नेपालकी एक मात्र खेलाडि पुजा महतो समावेस भएकि छिन् । विश्वकप सम्पन्न भएलगत्तै आइसिसीले सोमबार १२ खेलाडिको नाम सार्वजनिक गरेको हो । उनकै कप्तानीमा नेपालले पहिलो पटक यु १९ महिला विश्वकप खेलेको थियो । नेपाल लगातार तेश्रो हार व्यहोर्दै समूह चरणबाट नै बाहिरीएको थियो। समग्रमा नेपाली टोलीको प्रदर्शन राम्रो हुन नसकेपनि पूजाको व्यक्तिगत प्रदर्शन राम्रो रहेको थियो ।
उनले प्रतियोगिताभर १४.३ ओभर बलिङ गर्दै एक मेडनसहित ६३ रन खर्चेर ९ विकेट लिएकी थिइन् भने नेपालको नेतृत्व सम्हाल्दा ब्याटिङतर्फ ७० रन बनाएकी थिइन् । पूजा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको सातौँ र ब्याटिङतर्फ १७औँ स्थानमा छिन् । यस्तै ‘टिम अफ द टुर्नामेन्ट’मा भारतका ४, दक्षिण अफ्रिकाका ३, इङ्ल्यान्डका २ तथा अष्ट्रेलिया, नेपाल र श्रीलंकाबाट समान १ खेलाडी समावेश छन् । आईतबार भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो। भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेको थियो । विश्व कपमा पहिलो पटक सहभागिता जनाएको नेपालले समूह चरणका ३ नै खेल गुमाएको थियो । प्लेअफमा भने नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो ।