अनलाईन जुवा खेलाउने गिरोह पक्राउ, ३ अर्ब ४ करोड भन्दाबढिको कारोबार

नेपालमा अनलाईन जुवा खेलाउने एक गिरोह पक्राउ परेकाे छ । नेपाल प्रहरीका अनुसार ललितपुरको सानेपामा घर भाडामा लिएर अनलाइन सट्टेबाजी गराएको आरोपमा १० जना भारतीय र १४ जना नेपाली पक्राउ पर्नेका छन् । प्रहरीका अनुसर विभिन्न एपमार्फत अनलाइन जुवा खेलाउने उनीहरुले पछिल्लो ६ महिनामा ३ अर्ब ४ करोड ७३ लाख रुपैयाँको कारोबार गरेको भेटिएको छ । भारतीयले गिरोहले सञ्चालन गरेको बेटिङ एपमार्फत उनीहरुले अवैध अनलाइन जुवा सट्टेबाजी गराएको आरोप छ । पक्राउ परेका सबैको साथमा कम्तीमा ३ वटा मोबाइल र एक एकवटा ल्यापटप फेला परेको छ । उनीहरुविरुद्ध सट्टेबाजी, क्रिप्टो र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
पक्राउ पर्ने नेपालीमा प्यूठानका टङ्कबहादुर पछाई, रवि विष्ट, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समीर खड्का, विक्रम पछाई, अशोक जिसी, सुजन जिसी र गोपाल बिष्ट, डोटीका तेज बोगटी, सुर्खेतका भीष्म वली र हेमन्त लोहनी तथा दार्चुलाका हेमन्त धामी रहेका छन् । पक्राउ पर्ने भारतीय नागरिकमा अजितकुमार, मुकेश मण्डल, मनोज कुमार, सुमित खत्री, प्रबात कुमार, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोजप्रकार कुमार छन् । उनीहरुले आठभन्दा बढी ‘बेटिङ साइट’को प्रयोग गरी भारतीय बेटिङ खेल्ने ‘एजेन्ट’हरुसँग सामाजिक सञ्जालबाट सम्पर्क गरी ‘अफ लाइन’ अवैध खेल खेलाएको पाइएको छ ।

यसरी हारजित भएको रकम भारतको विभिन्न बैङ्क खातामै जम्मा गर्ने र निकाल्ने गरी अनलाइन जुवा खेल्ने खेलाउने कार्य भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आचार्यले बताए। ललितपुरको सानेपास्थित दुई घर भाडामा लिएर व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको पाइएको छ । खोजतलासका क्रममा उनीहरुलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । लगत्तै उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको छ । तपाईहरुपनि यस्ता अनलाई सट्टेबाजि गरिरहनु भएको छ भने सर्तक हुनुहोस यो गैर कानुनी कार्य हो ।
