ट्रम प्रशासनको डरले नेपाली विद्यार्थी त्रासमा, काम छाडेर बस्दा अवस्था गारो, भेटिए मनकारी अमर

अहिले अमेरिकामा काम गरिरहेका नेपाली विधाथीहरु कति बेला पक्राउ परिने हो भन्ने डर र क्रासले बाचिरहेका छन् । ट्रम्प प्रशासनले धमाधम अवैध आप्रवासीहरु पक्राउ गरिरेका बेला कतिपय विद्याथीलाई समेत पक्राउ गरेर लगिएको छ । आप्रवासीमाथि धरपकड र देश निष्कासन गर्ने काम तीव्र पारपछि नेपाली विद्याथीहरु धमाधम काम छाड्न सुरु गरेका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरिरहेका अवैध आप्रवासी लक्षित विभिन्न कार्यकारी आदेशपछि अमेरिकी सरकारको अध्यागमन तथा भन्सार कार्यान्वयन विभागले अवैध रूपमा बसोबास गरिरहेकाहरूको खोजी तीव्र पारेको हो।

अध्ययन भिसा अर्थात एफ वान भिसामा रहेकाहरूले नियमानुसार निश्चित घण्टा र निश्चित स्थानमा काम गर्न त पाउँछन। तर, रेष्टुरेन्ट, स्टोर, सपिङ सेन्टरहरूमा वैध रूपमा काम गर्न पाउँदैनन्। रेष्टुरेन्टमा पनि यहाँको प्रहरी प्रशासनले छापा हान्यो भने समस्यामा परिन्छ कि भनेर आफूहरुले काम छाडेको विद्याथीले बताएका छन् । छापा मार्दा पक्राउ परिने डरले आफुहरुसँग खर्च समेत नभएपनि काम छाड्न बाध्य छन् नेपाली विद्याथी । विद्यार्थीहरुले काम छाड्दा अमेरिकामा रहेका विभिन्न नेपाली रेस्टुरेन्ट तथा होटेलहरु अहिले बन्द हुने अबस्थामा पुगेको बताइएको छ । पछिल्लो समय अमेरिकाका विभिन्न राज्य र सहरहरूसँगै डालास, फोटवर्थ, प्लानो, अर्भिङ, आर्लिङटन लगायतका सहरमा पनि प्रहरी प्रशासनले अवैध रूपमा बसोबास गरिरहेकाहरूको खोजी गर्दै पक्राउ गर्ने क्रम बढाएको छ।

बिना काम अध्ययन गर्न र बस्नका लागि विद्यार्थीलाई अप्ठ्यारो परिरहेको यो समयमा एक यस्ता व्यक्ति भेटिए जसले विद्यार्थीको पिडामा निश्वार्थ मलहम लगाउने काम गरेका छन् । उनि हुन समाजसेवी अमर क्षेत्री । उनले यस्तै समस्या परेका नेपालीलाई लाखौँ डलर सहयोग गरिसकेका छन् । उनले प्रत्येक विद्याथीलाई जनही १ हजार डलरका दरले सहयोग प्रदान गरेका छन् । डालसको फोर्टवर्थमा बस्ने अमरले डिएफ डब्ल्युको एक रेस्टुरेटमा कार्यक्रम आयोजना गरि उक्त सहयोग प्रदान गरेका हुन् । अमर फाउन्डेसन समेत संचालन गरेका उनले विद्यार्थीहरुलाई अप्ठेरो परेमा जुनसुकै बेलापनि निर्धक्क भएर सम्पर्क गर्न अनुरोध गरेका छन् ।

TOP