अमेरिकामा अर्को विमान दुर्घटनाः कम्तिमा ७ जनाको मृत्यु

अमेरिकाको वासिङ्टन डिसिमा दुर्घटनाको भएको केहि घण्टामै पेन्सिलभेनिया राज्यको फिलाडेल्फियास्थितमा अर्को एक विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार शुक्रबार राति तथा नेपाली समय शनिबार दिउँसो भएको दुर्घटनामा एम्बुलेन्समा सवार सबै ६ र पैदल यात्री एक गरी ७ को मृत्यु भएको अमेरिकी समाचार एजेन्सी एपीले जनाएको छ ।

दुर्घटनामा मुख्य सडक वरपर रहेका १९ जना घाइते भएको एपीले उल्लेख गरेको छ । विमानमा चार जना चालक दल र दुई जना यात्रु आमा छोरी सवार थिए । लिअरजेट ५५ विमान मिसौरीमा केहीबेर रोकिएर मेक्सिकोको तिजुआनातर्फ जाँदै थियो । उडान भरेको एक मिनेटमै उक्त विमान जमिनमा खसेको थियो । भिडियोमा उक्त विमान तीव्र गतीले भुइँमा तल झरेको र आगो लागेको देखिन्छ । थुप्रै घरहरुमा ठोक्किँदै जहाज भुइँमा खसेको थियो ।

TOP