प्रेमिका भेट्न गएका दिनेश विकको सामुहिक कुटाईबाट हत्या

सिन्धुपाल्चोकमा प्रेमिका भेट्न गएका एक युवकको सामुहिक कुटाईबाट हत्या भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँलिका २ मा प्रेमिका भेट्न गएका अन्दाजी २२ वर्षीय दिनेश विकको गाउँलेको सामूहिक कुटाइमा हत्या भएको हो । सिन्धुपाल्चोक प्रहरी प्रवक्ता उमाशंकरप्रसाद यादवले आफूहरुले दिनेशलाई घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटेको र बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको बताएका छन् । हाल दिनेशको शव बाह्रविसे अस्तालमा रहेको र प्रेमिका भनिएकी युवतीलाई प्रहरीमा बोलाएर सोधपुछ भइरहेको उनको भनाइ छ । भोटेकोशी १ कोदारीका दिनेश वडा नम्बर २ को भ्यु प्वइन्ट नजिक घाइते अवस्थामा भेटिएका थिए ।
मृतकको साथमा गएका १७ वर्षीय सुरेश विकका अनुसार स्थानीयले भीरबाट लडेको बताए पनि लडेको जस्तो देखिने कुनै चोट निसान नभएको र १०० मिटर माथिबाट खस्दा पनि अंगभंग नहुनु वा ठूलो चोट नलाग्नु शंकास्पद भएको बताएका छन् । एक डेढ घण्टापछि भ्युटावरबाट साथीलाई खोज्दै जाँदा घटनास्थलमा प्रहरी आइपुगिसकेको उनले बताए ।

TOP