विवाह भएको १ वर्ष पनि नपुग्दै गायिका एलिना चौहानकाे सम्बन्धबिच्छेद !

विवाह भएको १ वर्ष पनि नपुग्दै वैवाहिक सम्बन्धको अन्त्य हुनु यो पक्कै पनि सुखद होइन् । गायिका एलिना चौहानलाई सायद ठुलै बज्रपात परेको हुनुपर्छ होइन् भने सात जुनि सम्म सँगै बाच्ने सँगै मर्ने भनेर सात फेरा लगाएकी एलिना अहिले सम्बन्ध सक्काउन पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन्। शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् । एलिनाले गत वैशाख ५ गते आफूहरूबिच मायाप्रेमका आधारमा सामाजिक परम्परा अनुसार विवाह गरेको निवेदनमा उल्लेख गरेकी छन् । उनले आफूहरूबिचको वैवाहिक सम्बन्धबाट कुनै जायजन्म नभएको र आफू गर्भवतीसमेत नरहेको प्रस्ट पारेकी छन् । ‘म फिरादी र विपक्षी प्रतिवादीबिच विवाह भएको एक महिनापछि अस्ट्रेलिया गएको पनि ऐलिनाले सम्बन्धविच्छेदका लागि दायर गरेको निवेदनमा उल्लेख गरेकी छन् । ‘म कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पु¥याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो,’ एलिनाले अदालतमा दिएको निवेदनमा भनिएको छ । यस्तैमा आफू तीन महिनापछि नेपाल फर्किएको उल्लेख गर्दै एलिनाले निवेदनमा ‘नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको वैवाहिक सम्बन्ध अगाडि बढ्न नसक्ने’ उल्लेख गरेकी छन् । पतिसँग भावनात्मक रुपमा सम्बन्ध सुमधुर कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति–पत्नीको सम्बन्धमा रहनु/ बस्नुभन्दा सम्बन्धविच्छेद गरी स्वतन्त्र भइ आ–आफ्नो जीवन बिताउन श्रेयष्कर लागेको एलिनाको जिकिर छ । उनले अंश तथा माना चामल नलिने गरी सम्बन्धविच्छेद चाहेको पनि उल्लेख गरेकी छन् ।

गत वैशाख ५ गते विष्णु सापकोटासँग धुमधामले विवाह गरेकि एलिना केहि समय पति विष्णुसँग अष्ट्रेलियामै बसिन् । कतिपय सञ्चारमाध्यमले एलिना सांगितिक करियर रोकेरै पलाएन भइन् समेत भनेका थिए । तर एलिना झण्डै चारमहिना जस्तो अष्ट्रेलियामा बसेर नेपाल आइन् । तर एलिना नेपाल आएको केहि दिनमा ओशो तपोवन गएपछि भने सबैलाई आश्चर्य लाग्यो । एलिनालाई आखिर के भयो ? उनि नवविवाहित जोडि छोडेर एक्कासी सन्यासी जिवन बाच्न तपोवन किन पुगिन् भन्ने सबैलाई लाग्यो । केही हप्ता अघि गायिका ज्याति मगरले एक चर्चित गायिकाले हिंसा सहेको आशयको पोस्ट गरेकी थिइन् तर केही छिनमै डिलेट गरिन् । उक्त स्टाटस एलिनालाई भनिएको हो भनेर कार्यक्रम रजतपटका प्रकाश सुवेदिले बताएका थिए । त्यसपछि भने लगातार एलिना चौहान वैवाहिक सम्बन्धको कुरालाई लिएर लगातार चर्चामा छिन् । अब भने गायिका एलिना चौहानले आफ्नो वैवाहिक सम्बन्धलाई पूर्ण विराम दिने भएकी छ्न । एलिनाले बिष्णुसँग कुनै पनि सम्पति नलिइ डिभोर्स गर्न लागेको बुभिएकाे छ । एलिनाको मेला महोत्सव देखि सांगितिक क्षेत्रमा राम्रै क्रेज छ । उनका गितहरु यूट्युवको ट्रेन्डिङमा पर्छन् । त्यस्तै गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गरेका थिए ।

TOP