‘एक्टरः टेक वन’ र ‘एक्टर’ का निर्माताबीचको विवाद सुल्झियो

चलचित्र ‘एक्टर’ र ‘एक्टर स् टेक वन’ विचको विवाद सुल्झिएको छ ।बिहीबार दिउँसो दुई निर्माताबिच नाम र कथावस्तुलाई लिएर चलिरहेको विवाद टुङ्ग्याउने सहमति भएको हो । दुवै फिल्मका निर्माताबिच लिखित समझदारी भएको ‘एक्टर: टेक वन’का निर्माता मोती कार्कीले जानकारी दिए ।
उनका अनुसार ‘एक्टर’का निर्माताले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने बताएका छन् । यसका लागि ‘एक्टर’का तर्फबाट नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका सम्राट थापा र ‘एक्टर स् टेक वन’ निर्माता कम्पनी अदृत फिल्म्स प्रालिको तर्फबाट थमनकुमार भण्डारी र अ मोती फिल्म्सको तर्फबाट मोती कार्कीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।