अमेरिका विमान दुर्घटनाः १८ वटा शव फेला, खोजीकार्य जारी

अमेरिकाको वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्नेक्रममा भएको दुर्घटना स्थलमा १८ वटा शव फेला परेका छन् ।
स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको हो। चालकदलका चार र ६० जना यात्रु रहेका उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो ।
विमान खसेको ठाउँमा खोजी र उद्धारकार्य जारी छ । सरकारी निकायहरूले उक्त दुर्घटनामा कति जना हताहत भए भन्ने औपचारिक जानकारी भने दिइसकेका छैनन् ।