Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

Breaking: अमेरिकामा ६० यात्रु सवार विमान दुर्घटना, हेलिकप्टरसँग ठोक्कियो

अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा चालक दल सहित ६४ जना सवार यात्रुवाहक विमान र हेलिकप्टर आकाशमा ठोकिएर नदीमा खसेको छ । स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको हो। एफएएले विमान रेगन वाशिङ्टन न्याश्नल एअरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको सीबीएस न्यूजलाई दिएको एउटा वक्तव्यमा जनाएको छ।

अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्। दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ भएको र त्यसमा तीन सैनिक रहेको एक अधिकारीले अमेरिकास्थित बीबीसीको साझेदार सीबीएसलाई बताएका छन्।
घटनाबारे थप विवरण आउन बाँकि छ ।

TOP