एउटा चिनियाँ एप जसले एक सातामै विश्वमा तहल्का ल्याइदियो

एउटा चिनियाँ एप जसले एक सातामा एआईको दुनियाँमा तहल्का ल्याइदिएकोे छ । डिपसिक नामक एआइको बारेमा त सुन्नु भएको होला । यति सुन्न भएको छैन भने पनि एस भिडियोमा म विस्तृत रुपमा बताउने छु । यतिबेला चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० कम्पनी डिपसिकले अत्यन्त प्रभावकारी एआई मोडेल सार्वजनिक गर्दै प्रविधि क्षेत्रलाई नै चकित बनाएको छ । एउटा चिनियाँ एपले अहिले अमेरिको सेयर बजार र अर्थतन्त्रमै तरंग ल्याइदिएको छ । यहाँहरुले च्याट जिपिटि त पक्कै प्रयोग गर्नुभएको होला नभए सुन्नु भएको होला । हो उक्त च्याट जिपिटिलाई पनि पछि पार्दै यो चिनियाँ एपले छलाङ मारि विश्वलाई चकित बानाइदिएको छ । च्याटजीपीटी र डिपसिकबीच तुलना गर्दै सामाजिक सञ्जालमा कसले उत्कृष्ट नतिजा दिन्छ भनेर धमाधम पोस्ट आइरहेका छन् । डिपसिकका एआई मोडेल र प्रविधि निःशुल्क एमआइटी लाइसेन्सअन्तर्गत सार्वजनिक गरिएका छन् । जोसुकैले पनि ती मोडेल डाउनलोड गरी परिमार्जन गर्न सक्छन् । यो केही एआई कम्पनीका लागि नराम्रो खबर हुन सक्छ, किनभने शक्तिशाली मोडेल निःशुल्क उपलब्ध हुँदा तिनको मुनाफामा ह्रास आउन सक्छ । तर, प्रविधिको उच्चतम प्रयोग भइरहेका बेला यो अनुसन्धान तथा अध्ययनका लागि निकै राम्रो खबर हो ।
के हो त डिपसिक ?
डिपसिक एलएलएम ९लार्ज ल्यांग्वेज मोडल० मा आधारित जेनेरेटिभ एआई प्लाटफर्म हो, जुन ओपनएआईको च्याटजीपीटीजस्तै छ। यसको मोडल ‘आर–वान’ लगभग ६ खर्ब ७० अर्ब प्यारामिटरमा आधारित छ र यसलाई कम उन्नत कम्प्युटर चिपहरू प्रयोग गरी विकास गरिएको छ। चीनमा प्रतिबन्धित ‘एनभिडिया ए–१००’ चिपलाई स्थानीय चिपसँग मिसाएर यो मोडल बनाइएको हो। यद्यपि, यो ओपनएआईको ‘ओ१’ जत्तिकै शक्तिशाली छ। डिपसिक–भीथ्री मोडेलले ओपेन–सोर्स र क्लोज–सोर्स मोडलहरूलाई टक्कर दिन सक्षम छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले समेत चिनियाँ एआई कम्पनीको पछिल्लो व्यापकता सम्पूर्ण अमेरिकी कम्पनीहरूका लागि चेतावनी भएको उल्लेख गरेका छन् । त्यसलाई जित्न अमेरिकी कम्पनीहरूले थप मिहिनेत गर्नुपर्ने ट्रम्पको प्रतिक्रिया छ । अर्को चिनियाँ एप टिकटकको भविष्य अमेरिकामा के हुने भन्ने विवाद किनारा नलाग्दै यो चिनियाँ च्याटबटले एकै सातामा अमेरिकी प्रयोगकर्ताहरूको ध्यान आफूतर्फ तानिसकेको छ ।