महाकुम्भ मेलामा भागदौड हुँदा १४ जनाभन्दा बढिको मृत्यु

भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिदा १२ जनाभन्दा बढिका ज्यान गएको छ । भारतीय संचारमाध्यमका अनुसार अनुसार स्थानीय समय अनुसार प्रयागराजको संगम तटमा मंगलबार राति भागदौड मच्चिएर हताहाति भएको हो । तर प्रशासनले मृतक वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन।

भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन्। घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा कुरा गरेका छन्। दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ। संगम किनारामा एनएसजी कमाण्डो तैनाथ गरेर सर्वसाधारणको प्रवेश बन्द गरिएको छ। प्रयागराजमा भीड बढ्न नदिन, प्रयागराज सहरसँग सीमा जोडिएका सबै जिल्लामा भक्तजनलाई रोक्नका लागि निर्देश गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।

आज मौनी अमावस्याको महाकुम्भमा स्नान हुने भएकाले करिब ५ करोड भक्तजन नगरमा आउने अनुमान गरिएको छ। प्रशासनका अनुसार आज राति अबेरसम्म संगमसहित ४४ घाटमा आठदेखि १० करोड भक्तजनले स्नान गर्ने सम्भावना रहेको छ। त्यसको एक दिनअघि मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए। सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ छन्।

TOP