अमेरिकि डलरकाे मूल्यमा आज पनि वृद्धि

लगातारबाट बढिरहेकाे अमेरिकि डलरकाे मूल्य आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकले माघ १६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको हाे ।

आज अमेरिकी डलरको खरिददर १३८.१४ रुपैयाँ र बिक्रीदर १३८.७४ रुपैयाँ तोकिएको छ । अघिल्लो दिन डलरको खरिददर १३७.८६ रुपैयाँ र बिक्रीदर १३८.४६ रुपैयाँ तोकिएको थियो।

त्यसैगरी राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार यस दिन युरोपियन युरोको खरिददर १४४.०५ रुपैयाँ र बिक्रीदर १४४.६८ रुपैयाँ तोकिएको छ भने यूके पाउण्ड स्टर्लिङको खरिददर १७१.७८ रुपैयाँ र बिक्रीदर १७२.५३ रुपैयाँ तोकिएको छ। त्यस्तै स्वीस फ्र्याङ्कको खरिददर १५२.४६ रुपैयाँ र बिक्रीदर १५३.१२ रुपैयाँ, अस्ट्रेलियन डलरको खरिददर ८६.३२ रुपैयाँ र बिक्रीदर ८६.६९ रुपैयाँ र क्यानाडियन डलरको खरिददर ९५.८६ रुपैयाँ र बिक्रीदर ९६.२८ रुपैयाँ तोकिएको छ।

यता सिंगापुर डलरको खरिददर १०२.१९ रुपैयाँ र बिक्रीदर १०२.६३ रुपैयाँ तोकिएको छ भने जापानी येन (१० युनिट) को खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ र चिनियाँ युआनको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ तोकिएको छ। साउदी रियालको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३६.९९ रुपैयाँ तोकिएको छ भने कतारी रियालको खरिददर ३७.८९ रुपैयाँ र बिक्रीदर ३८.०५ रुपैयाँ र थाई बाह्टको खरिददर ४.०८ रुपैयाँ र बिक्रीदर ४.१० रुपैयाँ तोकिएको छ।

यूएई दिरहामको खरिददर ३७.६१ रुपैयाँ र बिक्रीदर ३७.७७ रुपैयाँ, मलेसियन रिङ्गिटको खरिददर ३१.४५ रुपैयाँ र बिक्रीदर ३१.५८ रुपैयाँ तोकिएको छ भने दक्षिण कोरियन वोन (१०० युनिट) को खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुनसक्ने जनाएको छ।

TOP