Trending

अमेरिकामा अवैध बसेका झण्डै १० हजार नागरिक पक्राउ

अमेरिकामा अवैध रुपमा बसेका झण्डै एक हजार आप्रवासीहरुलाई पक्राउ गरिएको छ । आइतबार गैरकानुनी रुपमा बसेको आशंकामा उनिहरुलाई पक्राउ गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले जनाएको छ ।

उत्तरी टेक्सासमा ८४ जना आप्रवासीलाई पक्राउ गरी आईसीईको डालसको क्षेत्रीय कार्यालयमा लगिएको आईसीईका प्रवक्ताले बताएका छन् ।

बिहीबारसम्म देशभर करिब एक हजार तीन सय जना आप्रवासीलाई पक्राउ गरिएको बताइएको छ । ट्रम्पको प्रशासन नेशनल एसोसिएशनमा समेत छाप मारेको थियो ।

TOP