Trending

१२ दिन हिरासत बसेर निस्किन नपाउदैँ आशिका तामाङलाई फेरि पक्राउ

१२ दिन हिरासत बसेर निस्किन नपाउदैँ आशिका तामाङलाई प्रहरिले फेरि कर्याप झ्याप पारेको छ । अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी अभियन्ता आशिका तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार धरौटीमा रिहा भएकी हुन् । प्रहरीलाई अभद्र व्यवहार गरेको मुद्दाको अनुसन्धानका लागि माघ २ गते पक्राउ परेकि आशिका तामाङ हिरासतको चिसो हावा खाएर फर्किन नपाउदै उनलाई फेरी भक्तपुर प्रहरीको जिम्मा लगाइको छ । उनीविरूद्ध भक्तपुर परिसरमा आपराधिक उपद्रवको कसुरमा मुद्दा छ। उनले केही समयअघि साँगाको झोलुंगे पुलमा अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भन्दै सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो।
पछिल्लो समय आशिका तामाङ सामाजिक सञ्जालमा निकै भाइरल थिइन् । अलि महंगो गरि सामान बच्ने पसलेहरु कति बेला आशीका आएर बबन्डर मच्चाउने हो भनेर थरथर कापिरहेका हुन्थे । भने, पुल तल पीसाब फेर्नेहरु पनि पिसाब फेर्नु अगाडि कतै नजिकै आशिमा तामाङ त छैनन भनेर यताउती हेरेर मात्रै पिसाब फेर्ने गरेका थिए ।

TOP