चलचित्र ‘डोरि’ को आकर्षक पोस्टरले दर्शकमा जगायो उत्सुकता

‘डोरि’ नाम सुन्न वित्तिकै झट्ट दिमागमा आउँछ गाँउ घरमा प्रयोग हुने ठुलो मोटो धागो जसले विभिन्न बलिया बस्तु बाध्नको लागि प्रयोग गरिन्छ । तर यो ‘डोरी’ चाँहि अलि रहस्यमय छ जुन अरुण लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्र हो । यति बेला नेपाली चलचित्र वृत्तमा आउदो चैत्र १५ गतेबाट प्रर्दशनमा आउने चलचित्र डोरिको पोस्टरले सबैको ध्यान खिचेको छ । जी सेभेन प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको पोस्टर अत्यन्तै आकर्षक देखिएको छ।
पोस्टरमा मुख्य भूमिकामा रहेका कलाकारहरु प्रवीण खतिवडा, शिशिर बाँगदेल, प्रकाश घिमिरे, अरुण लामा, अन्जना बराइली, राज पौडेल, नुतन, राज थापा र बिरेन्द्र सिंह कुशवाहा देखिएका छन् । पोस्टरको मध्य भागमा एक गाँउकी महिला जो मौलिक पहिरनमा सजिएर मुस्कुराई रहेकि छिन् भने उनको तल पट्टि एक युवक निकै आक्रोशित मुद्रामा देखिएका छन् । पोस्टरको पृष्ठभूमिमा हरियो/ नीलो रंगको प्रयोग गरिएको छ जसले रहस्यमय वातावरण सिर्जना गरेको छ। पोस्टरको डिजाइन र प्रस्तुति हेर्दा फिल्म थ्रिलर वा रहस्यमय जनरामा बनेको अनुमान गर्न सकिन्छ। पोस्टरमा देखिएका विभिन्न पात्रहरुको भाव र पृष्ठभूमिको वातावरणले दर्शकहरुमा अझ धेरै उत्सुकता जगाएको छ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताका रूपमा राज थापा छन् । त्यसै गरिको चलचित्रको स्क्रिप्ट डाक्टरिङ्ग मनोज पण्डितले गरेका हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ र सङ्गीत निर्देशक राजनराज सिवाकोटी रहेका छन् ।