Trending

ओलीको भन्दा राम्रो काम गरेर देखाउने दम छ: गगन थापा

कांग्रेसका महामन्त्री गगन थापा पछिल्नो समय निकै छटपटिको मुद्रामा देखिरहेका छन् । सहकारी ठगी प्रकणमा रवि लामिछाने विरुद्ध आफुसँग प्रशस्त प्रमाण छन् भन्ने गगन थापा यतिबेला चुइक्क बोलेका छैनन् । उनि सहकारी पिडितको पक्षमा संसदमा चर्को चर्को स्वरमा बोलेको सुनिन्थ्यो तर अहिले उनको त्यो स्वर मधुरो भएको छ । कारण थियाे रविको पछि हात धोएर लाग्नु । होइन् भने पोखरा पुग्दा महामन्त्री गगन थापा सहकारी पिडिपसँग भेट्ने थिए । उनिहरुका समस्या सुन्ने थिए र उनिहरुप्रति केहि सद्भाव पनि देखाउने थिए । तर उनले तेसो गरेनन् । गगन थापाले सहकारी पिडितसँग भेट्न इन्कार गरेपछि झडपको स्थितिनै बनेको थियो ।

त्यस्तै केहि हप्ता अघि उनको एउटा भाषणको निकै चर्चा भएको थियो । उनले अबको केहि बर्षमा किर्तिपुरका युवाहरु कतार, मलेसिया, इज्रायल जाने छैनन् डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको २ ३ लाख कमाउने बताएका थिए । युवा नेताका रुपमा चिनिने गगन थापा पछिल्नो समय बढि विवादित हुने गरेका छन् । त्यस्तैमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले अहिलेका प्रधानमन्त्रीभन्दा राम्रोसँग देश चलाउन सक्ने दम भएको बताए । उनले आफुसँग भिजन भएकाले आजै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने दाबी गरेका छन्। थापाले अर्को विकल्प वा व्यवस्थाका विषयमा बहस भए अर्को दश वर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखेका छन्। सदनमा थापाले एक समय विभिन्न देशबाट अनुदान मागैँ र देश चलाउ भनका थिए । थापाको यो अभिव्यक्ति पछि मागेरै देश चलाउने त होला भन्दै जनताको प्रतिक्रिया आइरहेका छन् । तपाईलाई के लाग्छ गगन थापाले के साच्चिकै प्रधानमन्त्री ओली भन्दा राम्रो काम गर्न सक्छन होला त । कमेन्ट गर्नुहोला ।

TOP