Trending

बाख्रा चराउन जंगल गएका दुई युवती मृत फेला

अछाममा बाख्रा चराउन गएका दुई युवती मृत अवस्थामा भेटिएका छन् । ढकारी गाउँपालिका ८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का शुक्रबार घरबाट बाख्रा चराउन गएका थिए । घर फर्किएपछि उनिहरुको खोजि भएरहेको बेला शनिबार अपराह्नतिर उनिहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले दुई किशोरीको शव अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको बताए ।

घटना निकै शंकास्पद देखिएकाले अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर मगाएको छ। घटनास्थलमै रहेका डीएसपी भण्डारीका अनुसार शव भेटिएको स्थानको माथितिर ढुंगैढुंगाको ठुलो भीर छ । त्यहाँबाट खसेका हुन् कि भन्ने प्रारम्भिक बुझाइ भएपनि वास्तविकता अनुसन्धानबाट मात्र खुल्ने उनले बताए।

TOP