रास्वपा सांसद कठायतको आक्रोशित अभिव्यक्तिको चौतर्फि आलोचना

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतको यो आक्रोशपूर्ण अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । खरो स्वभावकि सांसद कठायत आफुलाई चित्त नबुझेको कुरा बैठक होस या सदन जहाँ पनि निधक्कले राखिहाल्छिन् । अब यो भिडियोमा भएको आक्रोशित अभिव्यक्तिको बारेमा कुरा गरौँ । उनले प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा उनले आफ्नो मर्यादा नै भुलेर यो आक्रोशपुर्ण व्यक्त गरेकी हुन् । बुधबारको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले डढेलो प्रकोपको क्षति न्युनीकरणमा भइरहेका सरकारी प्रयासबारे छलफल राखेको थियो । सरकारले गरिरहेको कामको रिपोर्ट सुन्ने र आवश्यक निर्देशन दिने काममा समिति जुट्नुपर्ने थियो । तर माहोल अकै भयो । एक साताअघि गुठी जग्गाको स्थलगत अनुगमन गर्न समितिका सदस्यहरू साताव्यापी अनुगमनका लागि पोखरा गएका थिए । सोहि क्रममा समितिका सदस्यहरू आफ्नो मुख्य काम गर्नभन्दा रक्सी सेवन गरी रास्वपाका नेताका व्यक्तिगत विषयमा चर्चा गर्न व्यस्त रहेका कारण सांसद कठायतको यो आक्रास देखिएको हो ।
उनले पोखरामा आफ्नो पार्टीका सभापति रवि लामिछाने, सांसदद्वय सुमना श्रेष्ठ र सोबिता गौतमको के कस्ता कुरा काटिए भनेर सुनाइन् । उनले भनिन् ‘सुमनाले कतिजनासँग बिहे गर्यो भन्ने तपाईंहरूको सरोकारको विषय हो ? कठायतले प्रश्न गरिन्, ‘सोबिताको कल्ले के बोल्यो भन्ने कुरा तपाईंहरूको सरोकारको कुरा हो त्यहाँ ?’ कठायतले प्रश्नमाथि प्रश्न गरिन, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ भन्ने तपाईंहरूको सरोकारको विषय हो रु तपाईंले मलाई पेल्न खोज्ने रु त्यहाँनेर ड्रिङ्क्स गरेर, रक्सी खाएर तपाईंहरूले जे पायो त्यही बोल्न मिल्छ रु’ कठायतले दोहोर्याइन्, ‘सुमना श्रेष्ठले कतिजनासँग बिहे गर्यो तपाईंहरूको सरोकारको विषय थियो ? सांसद कठायतले यी आक्रोेशपुर्ण अभिव्यक्तिहरु रास्वपा सांसदहरुको प्रतिरोधमा दिएकि हुन् । सामाजिक संञ्जालमा उनको यो शैलिको निकै आलोचना भइरहेको छ ।