Trending

रवि लामिछाने हाजिरि जमानीमा छुटे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हाजिरि जमानीमा छुटेका छन् । बुधवार बयान लिइएको अदालतमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बिहीवार र शुक्रवार थुनछेक बहस भएको हो। न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा शुक्रबार जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेका हुन् ।

TOP