Trending

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि कार्यक्रमहरु भर्चुअल माध्यमबाट गरिने

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि निर्धारित कार्यक्रमहरु भर्चुअल माध्यमबाट गरिने भएको छ । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि प्रधानमन्त्री ओली पूर्व निर्धारित कार्यक्रममा भौतिक रूपमा सहभागी नहुने भएका हुन् । डाक्टरहरूको सुझाव अनुसार प्रधानमन्त्री ओलीले शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्न तयारी गरेका हुन् । दुई दिनदेखि स्वास्थ्यमा समस्या देखिएका कारण प्रधानमन्त्री ओली आराम गरिरहेका छन् । शुक्रबार प्रधानमन्त्री ओली पाल्पा र बुटवल लगायतका ठाउँमा हुने कार्यक्रममा जाने तय भएको थियो ।

आज राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (ब्रेक थ्रु) गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी हुने तय भएको थियो । तर, अब उक्त कार्यक्रम भर्चुअलबाटै गरिने भएको छ ।

TOP