खो खो विश्वकप खेलाडी मेडल र प्रमाण पत्र चोरि भएपछि रित्तै घर फर्किए

देशको नाम राखेर आएका खोखो खेलाडी मेडल र प्रमाण पत्र चोरि भएपछि रित्तै घर फर्किएका छन् । भारतको नया दिल्लीमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपबिजेता बनेर नेपाल फर्किएका खेलाडीको मेडल, पासपोर्ट र झोला बाँकेको कोहलपुर बसपार्कबाट चोरी भएको हो। आज दिउसो खो खो विश्वकपमा उपबिजेता भएर घर फर्किदै गरेका ठाकुरबाबा नगरपालिका एक खेलाडिको समाना चोरि भएको इप्रका कोहलपुरका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । घर जानेक्रममा कोहोलपुर बसपार्कमा गाडी नजिकै झोला राखेर खाजा खान गएका बेला खेलाडीको मेडल र पासपोर्ट राखिएको झोला चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खेलाडि कै लापरबाहीले चोरि भएको बताएका छन् । सिसिटिभि फुटेज हेरेर चोरको खोजिकार्य भइरहेको छ डिएसपी भण्डारीले जानकारी दिएका छन् ।
आइतबार राति भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको खेलमा नेपाल उपविजेता भयो भने घरेलु टिमले उपाधि जितेको हो । यसअघि महिलातर्फ पनि फाइनलमा नेपाललाई ७८–४० ले पराजित गर्दै भारतले नै उपाधि जितेको थियो । पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराएको थियो । उसो त नेपालका लागि महिला र पुरुष दुबै टोलि खोखो विश्वकपको फाइनलमा पुग्नु नैै ऐतिहासिक सफलता मानिएको छ ।