Trending

मलेसियामा मोस्ट वान्टेड सुचिमा दुई नेपाली

मलेसियामा मोस्ट वान्टेडको सुचिमा परेको यी दुई नेपालीलाई हेर्नुहोस् । यीनीहरुको नाम हो दिलबहादुर सिँजाली मगर र रबिना राई । यतिबेला मलेसिया सरकारले यीनीहरुलाई मोस्ट वान्टेडको सचिमा राखेर तिव्ररुपमा खोजि गरिरहेको छ । मलेसियाको अध्यागमन विभाग मलाक्काले एक विज्ञप्ति जारी गर्दै पासपोर्ट नम्बर ४४५५३८७ भएका सिँजाली मगर र ०८३२२५१ भएका राईको खोजीका लागि नोटिस जारी गरेको हो । मलेसियन पुलिसले उनिहरुलाई कसैले देखेमा प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । उनीहरूमाथि त्यहाँको अध्यागमन विभाग एक्ट १९५९–६३ बमोजिम अनुसन्धान भइरहेको बताइएको छ । उनीहरूको मलेसियाभर खोजीकार्य भइरहेको जानकारी दिँदै अध्यागमन विभागका उप–सहायक निर्देशक मुहम्मद जरिफ बिन रोस्लामले तत्काल अध्यागमन विभाग नेगेरी मेलाका कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

मलेसियामा साथीभाइसँगको कुलत र छिट्टै धनी बन्ने महत्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेका छन् । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बस्ने, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् । मलेसियास्थित नेपाली दूतावासले मुलुकको कानुन पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा सजाय भोग्न तयार हुनुपर्ने जनाएको छ । साथै, कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाएको छ । मलेसिया आउने नेपालीको संख्या बढेसँगै नेपाली दूतावासले गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न अनुरोध गर्दै आएको छ ।

TOP