सान्फ्रान्सिस्कोमा कन्सुलर सेवा शिविर संचालन हुँदै

नेपाली दुतावास अमेरिकाले सान्फ्रान्सिस्को शहरमा कन्सुलर सेवा शिविर संचालन हुने भएको छ । गत नोभेम्वर २३–२४ मा हुने भनिएको सेवा शिविर प्राविधिक समस्याका कारण स्थगित भएर हाल जनवरी २२ बाट सुरु हुने भएको हो । चार दिनसम्म चल्ने सेवा शिविर महावाणिज्यदुत ॠषी ढकालको अग्रसरतामा न्यान्स र एनआरएनए क्यालिफोर्निया च्याप्टरको संयोजन एवम् स्थानिय संघ संस्थाहरुको सकृयतामा हुन लागेको हो । दक्षिणी भेगबाट टाढा रहेका १ हजार भन्दा बढी सेवाग्राहीहरु लाभान्वित हुने न्यान्सका अध्यक्ष प्रितेश कार्कीले बताएका छन् ।

नेपाली दूतावासले आयोजना गर्ने घुम्ती पासपोर्ट शिविरमा नयाँ पासपोर्टको आवेदन, नागरिकता प्रमाणीकरण, नाम, जन्ममिति, वा अन्य विवरण संशोधन, डिजिटल फोटो र बायोमेट्रिक डेटा संकलन, परामर्श सेवाका साथै कागजातहरूको जाँच पनि गरिनेछ ।

TOP