नेपाल अमेरिका एकता समाजको अध्यक्षमा अर्जुन पौडेल

नेपाल अमेरिका एकता समाजमा नयाँ कार्यसमिति गठन भएको छ। आइतबार सम्पन्न साधारणसभा तथा अधिवेशनले अध्यक्षमा अर्जुन पौडेललाई अध्यक्षमा चयन गरेको छ ।
त्यस्तै, समितिको उपाध्यक्षमा राजेश निरौला, उपाध्यक्षमा रमेश श्रेष्ठ, महासचिवमा अजित बाबु घिमिरे, सचिवमा डा।दिलासा न्यौपाने र कोषाध्यक्षमा अमित महतो रहेका छन्। त्यस्तै, सदस्यहरूमा उत्तम थापा, महेन्द्र मगर, भूमिराज कंडेल, हरिश पौडेल र लोकराज पडाल रहेका छन्।
कार्यसमितिको गठनअघि समाजका अध्यक्ष रोशन अधिकारीको अध्यक्षता र नेपाल सरकारका महावाणिज्यदूत ऋषि पुनाखर ढकालको आतिथ्यतामा साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो।
