रवि लामिछाने रुपन्देही अदालतबाट रिहा

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देही अदालतबाट हाजिरी जमानीमा रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता र कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिएको छ । भोलिदेखि थुनछेक बहस सुरू हुनेछ । आज पत्नी र कानून व्यवसायीको जिम्मामा रिहा गरिएको साथै भोलि १० बजे अदालतमा उपस्थित हुनुपर्ने भनिएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराध कसुरमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राईसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको छ ।