प्रवासमा रास्वपाको संगठन विस्तार, टेक्सास च्याप्टरको अध्यक्षमा रविन पाठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकाको टेक्सासमा प्रवास नेपाली सम्पर्क समिति टेक्सस च्याप्टर गठन गरेको छ ।
शनिबार पार्टीका केन्द्रिय सदस्य तथा साँसद गणेश पराजुली अमेरिका भ्रमणको अवसर पारेर युवा समाजसेवी तथा सामाजिक अभियन्ता रविन पाठकको सँयोजकत्वमा टेक्सस संगठन विस्तार गरिएको हो । प्रवास नेपाली सम्पर्क समितिको टेक्सास च्याप्टर अध्यक्षमा निर्वाचित पाठक लोकप्रिय युवा हुन् । साथै उनि ड्यालसको पार्कल्याण्ड हस्पिटलमा Workforce/HR Director, युनिभरसिटी अफ नर्थ टेक्ससका पिएचडी स्कलर तथा Texas Women’s University का प्रोफेसर हुन् ।

सँगठन मार्फत प्रवासीहरुले आर्जन गरेको ज्ञान, सीप र श्रोतलाई मातृभूमिसँग जोड्ने उद्देश्यका साथ प्रवासमा संगठन विस्तार गरिएको पार्टीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रति नेपालमा जस्तै अमेरिकामा पनि युवाहरुको आकर्षण देखिएको सांसद पराजुलिले बताएका छन् ।

अन्य पदाधिकारीहरुमा उप संयोजक राज अधिकारी, सचिवमा अर्जुन फुयाँल र कोषाध्यक्षमा रमेश थापा चयन भएका छन् । त्यस्तै, च्याप्टरका सदस्यहरुमा क्रमसः टंकमणी घिमिरे, केशव थपलिया, बिप्लप पराजुली, सुदिप कँडेल, शम्भु गैह्रे, सुचना पन्त, ईश्वर ढकाल, सन्जिव गुप्ता र प्रेम पौडेल रहेको पार्टीले जनाएको छ ।

TOP