मनलाग्दी बोल्दै स्टाटस लेखेपछि सन्दिप लामिछाने कारबाहिमा

मनलाग्दी बोल्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि सन्दिप लामिछाने कारबाहिमा परेका छन् । योसँगै उनलाई घरेलु खेलमा प्रतिबन्ध लगाइएको छ । क्यानको आचारसंहिताविरूद्ध सामाजिक सञ्जालमा बोलेको भन्दै राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको हो। उनलाई क्यानले तीन डिमेरिट अंक दिने निर्णय गरेसँगै अब उनि एक घरेलु खेल खेल्न नपाउने भएका छन् । क्यानका प्रवक्ता छुम्बी लामाले क्यानले देशभित्र आयोजना गर्ने कुनै पनि एक खेल सन्दीपलाई खेल्न नदिने निर्णय भएको जानकारी दिए । उनका अनुसार क्यानको आचारसंहिताको २.७ को व्यवस्था उल्लंघन गरेको विषयमा सन्दीपमाथि एक घरेलु खेलको प्रतिबन्ध लगेको हो । सन्दीपलाई कारबाही गनुअघि क्यानले उनीसँग स्पष्टीकरण सोधेको थियो । क्यानले स्पष्टीकरण सोधेको विषयमा सन्दीपले असन्तुष्टि व्यक्त गरेको जनाइएको छ ।

क्यानले कारबाही गर्ने जानकारी पाएपछि सन्दीपले इमोसनल ब्ल्याकमेलिङ गर्न अर्को स्टाटस लेखेका थिए । उनले आफूलाई माया गर्ने नेपाली क्रिकेट समर्थकलाई धन्यावाद भन्दै स्टाटस लेखेका थिए । पहिला सामाजिक सञ्जालमै लेखेको स्टाटसका कारण कारबाहीमा पर्ने भएपछि उनले अर्को स्टाटस लेखेका थिए । सन्दीपले जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरेका थिए। जनकपुरमा पुस २५ गते त्रिभुवन आर्मी क्लबविरूद्ध भएको खेलको विषयमा अम्पायरले गतल निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। खेलमा बागमतीका शुभ कंसाकार आउट भए लगत्तै दिनको खेल सकिएको घोषणा गरेको विषयमा सन्दीपले आपत्ति जनाएका थिए। खेलको अम्पायर विनयकुमार झा र हिरालाल राउत थिए। विकेट लिएको पनि अंक जोडिने हुँदा आफ्नो विकेट गुमेपछि दिनको खेल समाप्ति घोषणा गर्दा उनले असन्तुष्टि पोखेका थिए भने मैदानमा अम्पायरहरूसँग वादविवाद गरेका थिए। खेलको भोलिपल्ट उनले नेपालमा अम्पायरको स्तर सुधार हुन नसकेको, अम्पायरको विषयमा कदन नचालिए गलत निर्णय हुने र खेलाडीहरु पीडित बन्ने भनेर लेखेका थिए। साेहि स्टाटसका कारण सन्दिप कारबाहिमा परेका हुन् । 

TOP