मनकारी पाण्डे जस्ले दिए मन्दिरको बिकास र भक्तालुको सहजताकालागि १ लाख ११ हजार डलर

सामाजिक अभियन्ता तथा उधमी नरेशराज पाण्डेले टेक्सास स्थित युलेसमा रहेको पशुपतिनाथ मन्दिर बिकासकोलागि १ लाख ११ हजार १ सय ११ अमेरिकी डलर सहयोग प्रदान गर्नुभएको छ ।
मन्दिर परिसरमा आयोजित एक कार्यक्रमामा अभियन्ता पाण्डेले मन्दिरका संस्थापक मध्ये एक नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष डाक्टर प्रेम अधिकारीलाई यति ठुलो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । मन्दिरको संस्थापक समेत रहनुभएका पाण्डेले मन्दिरको थप बिस्तार र निर्माणकार्यमा सहयोग साथै भक्तालुहरुलाई दर्शनकोलागी सहज होस् भन्ने उदेश्यले आर्थिक सहयोग उपलब्ध गराएको बताउनु भयो ।

मन्दिर बिस्तारको लागि बिभिन्न संघ, संस्था र दाताहरूबाट आर्थिक सहयोग जुट्ने कार्य भैरहेको छ ।
लामो समयदेखि अमेरिकामा रहेर आफ्नो व्यवसायसँगै सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहदै आउनु भएका पाण्डेले नेपालदेखि अमेरिकासम्म समुदायस्तरमा सहयोग गर्दै आउनुभएको छ ।

USA-Nepal Community Outreach Network (UNCON) नामक संस्थामा समेत आबद्ध पाण्डेले संस्था मार्फत नेपालका ग्रामीण भेगमा संचालित शैक्षिक संस्था लगयात विपन्न तर जेहेन्दार बालालिकालाई प्रत्यक्ष परोक्ष रुपमा सघाउदै आउनुभएको छ। अबको केहि दिनमा नेपालको लमजुङ जिल्ला स्थित ग्रामिण क्षेत्र स्याउतमा रहेको एक शैक्षिक संस्थाको थप स्तोरन्नतिको योजनामा रहनुभएका पाण्डेले अमेरिकामा पनि बिभिन्न कारणले आर्थिक समस्यामा परेका र घरवार बिहिनसम्म हुनपुगेका केहिलाई उहाँ र उहाँको समुहले सयोग गर्दै आएको छ ।
कोहि पनि व्यक्ति आर्थिक अभाबकै कारण समस्यामा पर्नुहुँदैन भन्ने सोच राख्नुहुन्छ सामाजिक अभियन्ता पाण्डे ।