चितवनमा एक युवालाई कुटपिट गर्ने असई बुद्धिबहादुर निलम्बनमा

नेपाल प्रहरीले एक युवालाई मरनासन्न हुने गरि कुटेको यो दृष्य यति बेला समाजिक सञ्जालमा भाइरल बनेको छ । भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडक पेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटक पटक हानेको भिडियोमा छ । प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ । उक्त घटना गत पुस १५ मा घटेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिएका दिए ।

ती युवाले गल्ति नै गरेको भएपनि कानुन सम्मत उनलाई कारबाहि गरिनु पर्ने हो । तर यसरी नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मी नै कुकर्मी बनेपछि कानुनको परिपालना कसरि हुन्छ ? सरकारले दिएको बलियो जुत्ता के यसरी नै नागरिकको जिउमा बजार्नलाई हो, कानुनले दिने सजाय यहि हो ? यतिबेला यो विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । दृष्यमा प्रहरीले ति युवालाई पावर देखाको भन्दै निर्धात कुटपिट गरिरहेका छन् । जुनकुराको निकै आलोचना भइरहेको छ । कतिपयले प्रहरिले वर्दिको दुरुपयोग गरेको भनेर भनिरहेका छन् भने कतिपयले कुटपिट गर्ने प्रहरीलाई कडा कारवाहि हुनुपर्ने माग गरेका छन् । युवकलाई निर्घात कुटपिट गरेका प्रहरी असई बुद्धिबहादुर भुजेल भएकाे खुलेकाे छ भने उनि निलम्बनमा परिसकेकाे चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

TOP