श्री एयरलाइन्सले उडान ढिला गरेपछि समिक्षाको आक्रोश

गायिका समिक्षा अधिकारीले श्री एयरलाइन्सको उडान ढिला हुँदा कार्यक्रम छुटेको भन्दै आक्रोश व्यक्त गरेकि छिन् । सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत अधिकारीले जहाज समयमै नउड्दा आफूले नेपालगञ्जमा हुने कार्यक्रम छुटाउनुपरेको उल्लेख गरेकि छिन् ।
समिक्षाले लेखेकी छिन्, ‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाइरहेका छन् ।
केही दिनअघि पनि मैले यही एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखि काठमाडौं एयरपोर्टमै छु । श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन । यस्तो घटना कि त अन्य एयरलायन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलायन्स काम छैन ।’
दुई साताअघि टिभी पर्सनालिटी रीमा विश्वकर्माले अमेरिकादेखि भारत हुँदै नेपाल फर्किने क्रममा सकस भोगेकी थिइन् । एयर इण्डियाको कनेक्टिङ फ्लाइटमार्फत दिल्ली हुँदै काठमाडौं आउन लागेकी उनले जहाज छुटाएकी थिइन् । उनले एयर इण्डियाको व्यवस्थापन र व्यवहारप्रति दुःखेसो पोखेकी थिइन् ।
