रवि लामिछाने विरुद्ध रुपन्देही अदालतमा मुद्दा दायर

रास्वपा सभापति रवि लामिछाने विरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रुपन्देही अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार लामिछानेसहित ४२ जनाविरुद्ध ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।

यो सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जना प्रतिवादी पुगेका छन् । लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी चार करोड रुपैयाँभन्दा बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । मुद्दा दर्ता भएसँगै अब लामिछाने रुपन्देही अदालतमा उपस्थित हुनुपर्नेछ ।

लामिछानेविरुद्ध सहकारी ठगी करणमा तेस्रो अदालतमा मुद्दा दर्ता भएको हो । यसअघि उनीविरुद्ध कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो भने उनी धरौटीमा रिहा भएका हुन् ।

TOP