Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी खेल्ने

भारतिय स्टार खेलाडि जसप्रित बुमराहले आसन्न च्याम्पियन्स ट्रफी खेल्ने प्रवल सम्भावना देखिएको छ । चोटको सामना गरिरहेका बुमराहलाई भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले शनिबार टोलीको घोषणा गर्ने जनाइएको छ ।

भारतले च्याम्यिन्स ट्रफीमा २० फेब्रुअरीका दिन पहिलो खेल बङ्गलादेशसँग खेल्ने छ। २३ फेब्रुअरीमा पाकिस्तान तथा २ मार्चमा न्युजिल्यान्डसँग खेल्नेछ। ४ र ५ मार्चमा सेमिफाइनल हुनेछ। ९ मार्चमा प्रतियोगिताको फाइनल हुनेछ। उनको फिटनेस लेभल परीक्षण गर्नका लागि इङ्गल्यान्डविरुद्ध हुने तीन खेलको शृङ्खलामा कम्तीमा एउटामा खेलाइने सम्भावना प्रबल छ।

यसैगरी, गत विश्वकपदेखि टाढा रहेको मोहम्मद सामीको बारे पनि प्रश्न उठ्न थालेका छन्। उनी अहिले घरेलु क्रिकेटमा फर्किएका छन्। साथमा इङ्गल्यान्डसँगको शृङ्खलाका लागि घोषित टोलीमा पनि अटाइएका छन्।

च्याम्पियन्स ट्रफीमा कुलदिप यादवको फिटनेस पनि शङ्काको घेरामा परेको छ। उनले च्याम्पियन्स ट्रफी अघि नै आफू फिट रहेको पुष्टि गर्नु आवश्यक देखिएको छ। सुभमन गिल र रोहित शर्माको वैकल्पिक प्रारम्भिक ब्याट्सम्यानका बारे त्यत्तिकै चासो छ। लोकेश राहुल, ऋषभ पन्त, सञ्जु सामसन र ध्रुव जुरेलका बिचमा दुई विकेट किपर ब्याट्सम्यानका बारे पनि धेरैको चासो छ। स्पिनर अलराउण्डर सिम अलराउण्डर मध्य कसले प्राथमिकता पाउने भन्ने चासो पनि धेरैमा छ।

TOP