फेब्रुअरी २ मा डीएफडब्ल्यू डान्स शो केस हुदैँ

डीएफडब्ल्यू डान्स शो केस अमेरिकाको टेक्सासस्थित ग्रेपभाइन सहरमा हुने भएको छ । अघिल्लो वर्ष जुलाई २१ मा स्थापना भएको श्रुती डान्स एंड योगाले यस वर्ष फेब्रुअरी २ मा डीएफडब्ल्यू डान्स शोकेस गर्ने भएको छ।
श्रुती डान्स एंड योगाका संस्थापक श्रुति काफ्ले हुन् । श्रुति काफ्लेले भारतीय शास्त्रीय नृत्यमा डिग्री गरेर नेपालका बिभिन्न स्कुल, कलेजहरुमा नृत्य कक्षाहरु पनि गराएकी थिइन्। त्यसैगरी उनले नेपालका जील्लास्तरीय नृत्य प्रतियोगितामा निर्णायकको भुमिका पनि निभाएकी थिइन् ।
बेडफोर्डमा रहेको श्रुती डान्स एंड योगामा भारतीय विश्वविद्यालय प्राचिन कला केन्द्र अन्तर्गतको म्युजिक विद्यामा रहेका कथक डान्सको बी म्युजिक (कथक) र एम.ए म्युजिक गराईन्छ ।
त्यसैगरी डिग्री नलिने र मनोरञ्जन गतिविधिको रुपमा मात्रै लैजानको लागि बलिउड, सेमीक्लासिकल, नेपाली विशिष्ट अन्तर्गत झ्याउरे टप्पा, तामाङ सेलु, कौडा लगायतको डान्स गराइनुका साथै बिभिन्न किसिमका योगा पनि गराईन्छ ।
यहि फेब्रुअरी २ (आइतवार) डीएफडब्ल्यू टेक्सासमा रहेको ग्रेपभाइनको प्यालेस आर्टस सेन्टरमा कला अन्तर्गतका विभिन्न प्रदर्शनहरु हर्न पाइनेछ । डान्स शो केसको उद्घोषण कला न्यौपाने र सामना तिमिलसिनाले गर्दैछन् । भने यसमा विभिन्न कलाकारहरुका नृत्यहरु हुनेछन् । बलिउड, सेमीक्लासिकल, शास्त्रीय अन्तर्गत कथक, भारतनाट्यम, कुचिपुडी सँगसगैँ नेपाली विशिष्ट नृत्य र फ्रीस्टाइल प्रदर्शनहरु छन् । यो कार्यक्रममा गायन, वाद्यवादन, कविता र लाइभ पेंटिंग पनि गरिदै छ ।
कथक नृत्यमा द्रोपदी वस्त्रहरणको कथा नृत्यद्धारा प्रस्तुत गर्ने एउटा परम्परा छ । श्रुती डान्स एंड योगाको प्रशिक्षक र डीएफडब्ल्यू डान्स सो केसको आयोजक श्रुति काफ्लेले करिब करिब १० मिनेट लामो संगित नाटक द्रोपती वस्त्रहरण ९म्युजिकल ड्रमा द्रोपदी वस्त्रहरण० पनि यो कार्यक्रमको प्रमुख आकर्षण रहेको बताएकी छन् ।
कला संस्कृति र सनातन सभ्यताप्रति अमेरीका जस्तो ठाउँमा रहेर पनि युवा युवतीहरुको लगाव र मोह धेरै नै देखिन्छ । हाम्रो कला, संस्कृति र परम्परालाई विश्वको कुनै पनि कुनामा उजागर गर्ने उद्देश्य बोकेको हाम्रै नेपाली चेलीद्धारा स्थापित श्रुती डान्स एंड योगाको डीएफडब्ल्यू डान्स शो केस अत्यन्तै भव्यताका साथ मनाइदैँछ ।
टिकटको लागी यो लिंकमा क्लिक गर्नुहोला ।




Photo By: Luxkala Photography