सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्रार्ष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज अन्तराष्ट्रिय बजारमा एक औँस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ ।

स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला एक हजार दुइ सयले वृद्धि भइ एक लाख ५६ हजार छ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार सोही परिमाणको सेतो धातु एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला ५० ले बढेर एक हजार आठ सय ८० पुगेको छ । बुधबार एक तोला चाँदी एक हजार आठ सय ३० मा किनबेच भएको थियो ।

TOP