अबको केही दिनमा अपहरित विपीन जोशी रिहा हुने

काठमाडौँ । अपहरित नेपाली नागरिक विपीन जोशी चाडैँ रिहा हुने भएका छन् ।
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएपछि विपीन अबको केही दिनमा नै नेपाल आइ पुग्ने भएका हुन् । विपीन रिहा हुने खबरले विपीनका आमा बुवा र तिन करोड नेपालीको मन खुसी भएको छ ।
केही समय अगाडि मात्रै नेपालका लागि नवनियुक्त इजरायली राजदूत श्मुलिक आरी बासले हमास लडाकुद्वारा अपहरित नेपाली नागरिक विपीन जोशी जीवित रहेको बताएका थिए । उनी जिवितै भएकाले अब इजरायल र हमासबीच युद्ध विरामको सहमती भएकाले उनि छुट्ने भएका हुन् ।
हमासले गत वर्ष निःशस्त्र इजरायली र विदेशी नागरिकमाथि आक्रमण गरी सयभन्दा बढीलाई अपहरण गरेको थियो। विगत १५ महिना देखी विपीन हमासको नियन्त्रणमा छन् । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत विपीन इजरायल पुगेका थिए ।