नेपाल बनाउने ती पृथ्वीनारायण शाह, नेपाल खोक्रो बनाउने यी नेताहरु !

काठमाडौँ । आज अर्थात पुस २७ गते बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदान सम्झने दिन हो ।
तपाईंहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा एउटा औंलो ठड्याएको देख्नुभएको होला । यो औँलोले एउटा भन्ने सन्देश दिएको छ । एउटा भनेको एउटा देश भनेको हो । नेपाल पहिला बाइसे चौबीसे राज्यमा बाँडिएको थियो । यसरी एउटै देश धेरै राज्यमा बाँडिएकाले नेपाल कमजोर भयो ।
नेपाललाई बाहिरियाले आक्रमण गर्ने खतरा बढ्यो । यस्तो अवस्था देखेपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहले देशलाइ जोगाउनको लागि ससाना राज्यहरूलाई एकीकरण गरेर एउटै ठूलो देश बनाउने अठोट गर्नुभयो । उहाँले सुरु गर्नुभएको एकीकरण पहललाई उहाँपछिका विभिन्न पुस्ता र व्यक्तिले पनि साथ दिनुभयो ।
पुस २७ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदान सम्झने दिन हो । उहाँको मात्र नभएर छरिएर रहेको नेपाललाई सिङ्गो देश बनाउन योगदान गर्ने अरू सबै पुर्खालाई सम्झना र सम्मान गर्न ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउने गरिएको हो । २०१२ सालदेखि पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ तर यो दिवस राष्ट्र एकीकरण अभियानका सबै वीर योद्धहरूप्रति समर्पित छ ।
जस अनुसार आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।
पृथ्वीनारायण शाहले केही महìवपूर्ण विचार नेपालीलाई दिएर जानुभएको छ । उहाँले, “घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन्” भन्नुभएको छ । घुस लिनेदिने बानीले कुनै पनि देशको हित गर्दैन ।
अर्को कुरा पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो’ भन्नुभएको छ । यसको अर्थ नेपाल–भारत र चीनको बीचमा च्यापिएको छ भन्ने मात्र होइन । दुई देशबीच रहेर दुवैसँग मित्र व्यवहार गर्नुपर्छ भनेर सिकाउनुभएको हो । तपाईंहरूको पुस्ताले हाम्रा छिमेकीबीच राम्रो सम्बन्ध बनाउन सक्नु हुन्छ । राजा पृथ्वीनारायणको यो भनाइ नेपालको परराष्ट्र नीतिको मुख्य आधार पनि हो ।
त्यस्तै हाम्रो समाजमा मित र मितिनी लगाउने प्रचलन थियो । अहिले यस्तो प्रचलन हराउँदै गएको छ । मित लगाएर आफूलाई बलियो बनाउन सकिने रहेछ । राम्रो मित्रताको सहयोगले ठूलाठूला काम गर्न पनि सजिलो हुन्छ । बडामहाराजधिराज पृथ्वीनारायणले नेपाल एकीकरण गर्न भक्तपुरका राजपरिवारसँग मित साइनो लगाउनु भएको थियो ।
धेरै दुःख गरेर देश एकीकरण गर्नुभएका राजा पृथ्वीले नेपाललाई सबैको साझा फूलबारी हो भन्नुभएको छ । यो देश सबैको साझा हो । सबैले देशको हितमा काम गर्नुपर्छ । तपाइको सफलतामा देशको पनि नाम चल्छ भन्ने पृथ्बीनारायण शाहको भनाइ हो। तर, देश बनाउने ती पृथ्वीनारायण शाह र देशलाई खोक्रो बनाउने, विदेशीसामु लम्पसार पर्ने अनि नेपाली जनताको भविश्यमाथि खेलवाड गर्ने अहिलेका नेताहरुमा हेर्नुहोस् त कति फरक छ । सादय पृथ्वीनारायण शाह जस्तै एउटा अर्को विर गोर्खाली जन्मिएको भए अहिले नेपालले पनि विश्वका शक्तिसाली देशसँग प्रतिस्पर्धा गरिरहेको हुन्थ्यो । तर, नेपाल कहिल्यै माथि नउठ्न सक्ने भयो । त्यसको कारण हुन् लोकतन्त्रमा पौडी खेलीरहेका नेताहरु । जबसम्म अर्को पृथ्वीनारायण शाहको जन्म हुदैँन तब सम्म नेपाल बन्ने छैन ।